संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदो वर्षका रूपमा मनाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
उज्बेकिस्तानको समरकन्दमा भइरहेको शांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोदोको महत्त्व बताएका छन् । यस समस्याको समाधानका लागि कोदो महत्त्वपूर्ण अन्नबाली भएको बताएका हुन् । एससीओ सदस्य मुलुकहरूमा हजारौं वर्षदेखि सुपरफूड कोदो फलाउँदै आइएको उनले स्मरण गराए ।
खाद्य संकट समाधानका लागि कोदो पारम्परिक, पोषक र कम लगानीवाला अन्न भएको मोदीले बताएका हुन् । सन् २०२३ लाई संयुक्त राष्ट्रसंघले कोदो वर्षका रूपमा मनाउने तथ्य पनि उनले प्रस्तुत गरे । एससीओले कोदो खाद्य उत्सव आयोजना गर्नका लागि विचार गर्नुपर्ने मोदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्