विजयादशमीको टीका लगाउने शुभसाइत सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– यसवर्षको बडादशैंसँगको शुभसाइतहरु सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सूचना प्रकाशित गरेर साइतसम्बन्धी जानकारी दिएको हो ।
जसअनुसार असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभसाइत रहेको छ । यस्तै असोज १७ गते महाष्टमी, १८ गते महानवमी र १० गते विजयादशमी रहेको छ । विजयादशमीको टीका लगाउने शुभसाइत ११ बजेर ५१ मिनेटमा रहेको छ भने पूर्व मोहडा फर्केर टीका लगाउँदा उत्तम हुने सूचनामा उल्लेख छ । यस्तै असोज २३ गते कोजाग्रत पूर्णिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array