निर्वाचन आयोगको डण्डा: मेयर “बालेन्” लाई सात लाख पचास हजार जरिवाना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह “बालेन्” लाई निर्वाचन कानून अनुसार व्यवस्था गरिएको चुनावी खर्च विवरण समयमा नबुझाएको अभियोगमा सात लाख पचास हजार जरिवाना तोकिएको छ। कानून पालना गराउँछु भनेर डोजर लिएर हिँडेका मेयर बालेन् अन्तत: कानूनको पालना नगरेको अभियोगमा दोषी करार भएका हुन्।

- Advertisement -
Ad image

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनी लगायतलाई कारबाही गरेको हो।

त्यसो त उनीमात्र नभएर विराटनगर, चितवन, पोखरा र वीरगन्ज महानगरपालिकाका मेयरले समेत निर्वाचन आयोगलाई प्रतिव्यक्ति साढे सात लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

काठमाडौंका मेयर बालेन्द्र साह “बालेन्” सँगै पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेणु दाहाल र वीरगन्जका मेयर राजेशमान सिंहलाई निर्वाचन आयोगले साढे सात लाख जरिवाना तोकेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले गोरक्षपोस्ट लाई बताए ।

 

थपलियाका अनुसार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले भने साढे पाँच लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ।

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण नबुझाउने, माथिउल्लेखित सहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगले गरेको छ। 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्