मन्त्रीपरिषद्को निर्णय पुस्तिका (माइन्युट) हराउने गरेको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

नेपाल सरकार मन्त्री परिषद्को निर्णय पुस्तिका (माइन्युट) हराउने गरेको खुलासा भएको छ। यसले प्रशासनको चरम बेथितिलाई उदाङ्गो बनाएको छ।

एक कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यो कुराको खुलासा गरेका हुन्। प्रचण्डले आफ्नो क्याबिनेटले गरेको पहिलो निर्णय पुस्तिकानै नरहेको बताएका छन्। आफ्नो सरकारको पहिलो बैठकले जनयुद्धका सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको तर राजपत्रमा पनि प्रकाशित भएन र निर्णयनै हराएको बताए।

त्यसोत, यो मात्र होइन – एनसेल लगायतका अरबौंका कम्पनीलाई पब्लिक शेयर जारिगर्न गरेको मन्त्रीपरिषदको निर्णय पनि हराएको मन्त्री परिषद कार्यालय श्रोतले बताएको छ । श्रोतका अनुसार मन्त्री परिषद्का यस्ता धेरै निर्णय हराएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array