भारतबाट इन्धनको मूल्य घटेर आयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
शुक्रबार भारतबाट इन्धनको मूल्य घटेर आएको छ । डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाकारी दिएको छ । डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले बताएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको छ । निगमको नोक्सानी भने अझै २० करोड रुपैयाँ रहेको दाबी छ ।
यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन । यो पटक नि मूल्य समायोजन गर्ने सम्भाना न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array