चुनावको मुखमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन्। उक्त घोषणा शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै गरेका हुन्।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद विश्वविद्यालय खोल्ने प्रस्ताव राखेको उल्लेख गर्दै देउवाले आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि योजना बनाएको बताएका छन् । प्रधानमन्त्रीको निणर्यले खेलप्रति आकर्षण बढ्ने गहतराजले विश्वास व्यक्त गरे।
सरकारले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको बताइएको छ । करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्

Array