डा. बाबुराम भट्टराईलाई काठमाण्डौका मेयर “बालेन्”को र्‍यापे जवाफ

“काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ"।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौ:

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई काठमाण्डौका देवत्वकृत मेयर बालेन्द्र साह “बालेन्”ले छुद्र जवाफ फर्काएका छन् । डा भट्टराईले एक ट्विट गर्दै बालेन् को प्रसंसा गर्दै शुझाव दिएका थिए । डा भट्टराईले लेखेका थिए “काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर @ShahBalen का पहल प्रशंसनीय छन्! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !”

साथै डा भट्टराईले यस्तै बिषयको एक अनलाइनको समाचार समेत शेयर गरेका थिए ।

तर मेयर बालेन्द्र साह “बालेन्”लाई भट्टराइको सुझाव प्रिय लागेन । र्‍यापर समेत रहेका मेयर “बालेन्”ले बाबुराम भट्टराईलाई र्‍याप शैलीमा जवाफ फर्काए – “बालेन्” ले लेखे ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’ “बालेन्”को आसय बाबुरामको नेतृत्वमा भएको सडक चौडा गर्ने काम गलत थियो भन्ने हो वा केहो ? स्पष्ट छैन । तर उनको जवाफ हेर्दा लाग्छ बाबुराम भट्टराईको नेतृत्वमा भएको सडक विस्तारलाई मेयर बालेन् गलत मान्छन्  ।

त्यसपछि फेसबुकमा एक स्टाटस लेख्दै डा भट्टराईले “बालेन्”लाई इतिहास सम्झाएका छन् । भट्टराई लेख्छन् “काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ”।

त्यसपछि बालेन्द्र साह “बालेन्”को र्‍यापे जवाफ आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array