डाक्टर गोविन्द केसीको सत्याग्रहको पाँचौ दिन, स्वास्थ्य अवस्था थप जटिल बन्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– धनगढीमा डाक्टर गोविन्द केसीले सत्याग्रह सुरु गरेको पाँचौ दिनमा स्वास्थ्यमा थप समस्या भएको छ । सेती प्रादेशिक अस्पतालले टाउको दुख्ने, रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने र मुटुको धडकनमा गडबढी हुने समस्या देखिएको धनगढी सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जानकारी दिएका छन् । सो जानकारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा दिएको हो । २० औँ सत्याग्रहका लागि धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु गरेका हुन्।
अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९० र ६० को हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको बताइएको छ ।
शुक्रबारको प्रयोगशाला रिपोर्टअनुसार सुगरको मात्रा ४१ पुगेको, क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्