ब्याज दर बृद्धि सँगै महङ्गि अझै बढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa
intrest

काठमाडौं–असोज महिनाका लागि बैंकहरुको ब्याज दर एक प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि गरेपछि बचत खाताको ब्याज दर नै दोहोरो अंकमा पुगेको छ। ब्याज दर बृद्धि सँगै महङ्गि अझै बढ्ने भएको छ । यसले मूल्यवृद्धि सिमा भन्दामाथि लैजान्छ भने लगानी कर्तालाई लगानी गर्ने वातवरण हुँदैन ।

नेपाल बैंकर्स संघले ६ महिनादेखिको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै शुक्रबार असोज १ बाट लागू हुने ब्याज प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाले बचतसँगै मुद्दतीको दरसमेत बढाएका छन् । बैठकले ६ महिनादेखिको सिन्डिकेट खारेज गरेर बैंकहरुलाई नै ब्याज दर निर्धारण गर्ने अधिकार दिएसँगै बैंकहरुले आफूखुसी ब्याजदर बढाउन पाउने भएका हुन् ।

ब्याजदर वृद्धिले अर्थतन्त्रको सम्पूर्ण क्षेत्रलाई प्रभाव पार्ने भएकाले महङ्गी बढाउने बताए । जसले गर्दा बैंकहरु मोटाउने भए पनि उद्योग ब्यवसाय धरासायी हुने खतारा रहेको पनि व्यवसायीहरु बताउँछन् । ब्याजदरको ‘भद्र सहमतिले’ नै ब्यावसायीहरुको लागि मुल समस्या बन्दै आएको उद्योगी पशुपति मुरारकाले बताउँदै आएका छन् ।
अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याज दर तल वा माथि गर्न पाइने नियामकीय प्रावधान छ। यो प्रावधानलाई टेकेर बैंकहरुले साधारण मुद्दतीको ब्याज दर ११.०३ प्रतिशतबाट १२.१३ प्रतिशतसम्म पुर्‍याएका छन्।

साधारण मुद्दतीको भन्दा ५ प्रतिशत बिन्दुसम्म मात्र बचत खाताको ब्याज दर हुनु पर्ने नियामकीय प्रावधान छ। रेमिटेन्स मुद्दतीमा साधारणभन्दा एक प्रतिशत बिन्दु बढी ब्याज दिन सकिन्छ। यसो हुँदा मुद्दतीको अधिकतम ब्याज दर १३.१३ प्रतिशत पुगेको छ।

बचत खाता बीचको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी हुनु हुँदैन। त्यसो हुँदा बैंकहरुले बचतको अधिकतम ब्याज दर १०।१३ प्रतिशत तोकेका छन्। बचतमा बढेको ब्याजको लागत बैंकहरुको वासलातमा तत्कालै देखिन्छ। यसो हुँदा उनीहरुको आधार दर बढ्छ। आधार दर असोजमा हिसाब गरेर ग्राहकमा लागू गर्न मिल्ने भएकाले ब्याज बढाएका हुन्। अहिले साधारण मुद्दतीको ब्याज दर ११.०३ प्रतिशत छ। रेमिटेन्समा १२.०३ प्रतिशत छ। संस्थागतको अधिकतम १०.५३ प्रतिशत ब्याज छ।

प्रतिक्रिया दिनुहोस्

Array