भारतीय सेनाको छात्रवृत्ति जम्मु कश्मीर र लद्दाखका विद्यार्थीलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम दिने घोषणा गरेको छ ।
भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१ मा सुरु गरिएको ‘जम्मु कश्मीर र लद्दाख विशेष छात्रवृत्ति कार्यक्रम’ अनुसार ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको द प्रिन्टले जनाएको छ ।

आर्थिक रुपमा कमजोर विद्यार्थीलाई मात्र यस किसिमको छात्रवृत्ति दिइने जनाइएको छ । यसबाहेक छात्रवृत्ति पाउने विद्यार्थीले सुरक्षा जोहो र भर्नाका लागि ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्ने प्रावधान रहेको छ । गत वर्ष यस कार्यक्रमअन्तर्गत ३११ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array