आज देशभरको मौसममा बदली,सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– आज देशभरको मौसममा सामान्यतया बदली रहने छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अति भारी वर्षाको सम्भावना रहेका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । साथै यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array