काठमाडौं– बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उमेदवारमा सिफारिस भएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेबारी ८ जना सहमहामन्त्रीलाई दिएको छ । समानुपातिकतर्फ सिफारिस भएर आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूको भएको छ । क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न पर्ने बताइएको छ ।
सहमहामन्त्री भीष्मराज आङ्दम्बेले आदिवासी जनजाति, फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस(आर्य, उमाकान्त चौधरीले थारु, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गर्ने जिम्मेवारी पाएका छन् ।
काँग्रेसले भोलीसम्म समानुपातिक उम्मेदवारहरुको प्रतिवेदन पेस गर्ने

प्रतिक्रिया दिनुहोस्