कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी; पिना, जुटका सामान, जुस, अलैंची निर्यात घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार साउनमा आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आएको छ । उक्त अवधिमा रु.१४ अर्ब ८१ करोड नियात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा पामतेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुकोघटेको छ ।

चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामै विदेशी विनिमय सञ्चिति घटेको छ । गत आर्थिक वर्ष २०७८र७९ को अन्तिम त्रैमासमा सुधारोन्मुख देखिएको विदेशी विनिमय सञ्चिति चालु आवको पहिलो महिनामै १।५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउन मसान्तमा आउँदा १।५ प्रतिशतले घटेर ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुल ग्राहस्थ उत्पादनमा उत्पादनमुलक क्षेत्रको योगदान तीन गुणाले वृद्धि गर्ने लक्ष्यसहित ‘प्रधानमन्त्री नेपाली वस्तु उत्पादन र उपभोग दशक’ कार्यक्रमको अवधारणा तयार गरेको छ । प्रारम्भिक रुपमा तयार मस्यौदाअनुसार स्वदेशी उद्योगको संरक्षण, उत्पादन र उत्पादकत्व वृद्धि गर्दै उपभोग र निर्यात बढाउने लक्ष्य लिइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजानीक गरेको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको लिङ्क
Current Macroeconomic and Financial Situation -Nepali (Based on One Month data of 2079.80)

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: