चोलेन्द्रले मुछेका वकिलसँग महाअभियोग सिफारिस समितिको छलफल सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुछेका सात जना वकिलसँग छलफल सुरु भएको छ।
जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल सुरु गरेको हो।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array