प्रचण्डलाई मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोजे: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– नेकपा एमालेका अध्यक्ष खड्का प्रसाद शर्मा (केपी) ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर आफूले गल्ती गरेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले अगालो हालेको मैकामा उनले ग्वाम्मै छुरी रोपेको आरोप लगाएका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले छुरी रोपेको आरोप लगाएका हुन् ।
‘म एकता भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाटै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु  ?’, ओलीले प्रश्न गर्दै भने– ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ? त्यसरी हुन्छ आन्दोलन ?
उनले गठबन्धनले देशलाई हरेक हिसावले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमालेबाहेक अरुले नसक्ने पनि बताए ।
ओलीले गठबन्धनका केही नेताहरु आफुलाई महारथी ठान्ने गरेपनि उनीहरुको कुनै हुति नभएको बताए । ‘गठबन्धनका कसैको पनि हुति हविगत छैन, एक्लै एमालेका अघि आउन सक्दैनन् । सामुन्ने आएर हेर्ने आँट गर्दैनन्’, ओलीले भने, ‘हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्नै मन नलाग्ने भइसक्यो गठबन्धन । विहानै गठबन्धन, बेलुकै गठबन्धन, नातावाद परिवारवाद, स्वार्थमा कुदेको गठबन्धन ।’

प्रतिक्रिया दिनुहोस्

Array