तातोपानी रकेरुङ नाका संचालनमा आयो, रोकिएका सबै कन्टेनर दशै अघि आइसक्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
डेढ महिनादेखि बन्द रहेका चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर मात्र नेपाल छिरेको छ । चिनियाँहरुले सिमित कन्टेनर मात्र पठाएको व्यवसायीहरुले बताएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।
यस्तै तातोपानी नाकाबाट दैनिक २ वटा कन्टेनर भित्रिरहेको तातोपानी भन्सार कार्यालयका अधिकृत लक्ष्मण बाँस्तोलाले बताए। केही दिन अघि खुलेको नाकाबाट चाँडै कुहिने फलफूल र तरकारी आउन दिइएको छ।

चीनले बुधबार तातोपानीबाट कन्टेनरनै पठाएन। बाँस्तोलाले चिनियाँ पक्षले राम्रोसँग जानकारी नदिने र भर्चुअल रुपमा पनि छलफल गर्न नखोजेको बताए।

प्रतिक्रिया दिनुहोस्