गठबन्धनले असोज ४ गते सिट बाँडफाँटको टुङ्गो लगाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुङ्गो लगाउने समझदारी बनाएको छ । समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुङ्ग्याउने भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर सिट बाँडफाँट टुङ्गो लगाउने समझदारी बनेको छ ।

सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए । तर, मल्ल भने निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलबिच सकारात्मक दिशामा छलफल भइरहेको बताए । माओवादी पार्टी पदाधिकारीको बुधवारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array