चारदिने भ्रमण पूरा गरी चीनका जनकंग्रेस अध्यक्ष ली चान्सु स्वदेश फर्किए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । उनी विशेष विमानमार्फत स्वदेश फर्किएका हुन् ।

उनलाई आज बिहान सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली यही भदौ २७ गते नेपाल आएका थिए । यहाँ रहँदा उनले सभामुख सापकोटासहित विशिष्ट व्यक्तित्वहरूसित औपचारिक भेटवार्ता गरेका थिए ।

त्यसक्रममा अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array