नस्पातीको माग बढ्दो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

स्याउँमा मात्र स्वाद परेका उपभोक्तहरुको स्वाद अहिले नस्पातीमा गएको छ । विगतका वर्षहरुमा नास्पाती भन्ने बितिकै मुख खुम्चाउने उपभोक्ताले अहिले राम्रौ मुल्य तिरेर किन्ने गरेका छन् । यो बर्ष नस्पाती खोज्दै ब्यापारी किसानको घर घरमा पुगि रहेका स्थानीयहरु बताउँछन् । बिगतका बर्षमा नास्पाती बिक्री नभएर आम्दानी लिन नपाएको गुनासो गर्ने किसानले यो बर्ष एकमुष्ट आम्दानी गर्न सफल भएका छन् । पछिल्लो समय स्याउ सँग गँगै नास्पतीको पनि माग बढ्न थालेको व्यापारीहरु बताउँछन् ।
गोलन्जोर गाँउपालिका–५ रतनचुरा निबासी रुद्रबहादुर ठाडामगरले आफुले यो बर्ष नस्पाती बेचेर ३० हजार रुपैया आम्दानी लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिगत बर्षममा झरेर र कुहिएर सकिन्थ्यो । यो बर्ष बेलैमा ब्यापारी घरमा आएर बोटै हाने । ढुक्क भयो ।”

जिल्लामा तीनकन्या, जलकन्या, वाशेश्वर, मझुवा, रतनचुरा, तोश्रामखोला र बाहुन्तील्पुङ् लगाएत डेढ दर्जनभन्दा बढी ठाँउमा नास्पातीको राम्रो उत्पादन हुन्छ । अहिले गाँउ–गाउमा कृषि सडक निर्माण भएकाले किसानलाई नास्पाती लगायतको अन्य फलफुल र तरकारी बिक्रि गर्न सजिलो भएको छ ।

स्थानीयका अनुसार प्रायः सबैको बगैंचामा दुई÷चार वटा नस्पातीको बोट रहेको छ । तर सबै किसान नास्पाती बिक्री नहुदा मारमा परेका छन् । नास्पाती बिक्री गरेर किसानले बर्षभरीको नुन तेल जोहो गर्ने गरेका छन् । कमलामाई नगरपालिका–३ निवासी किसान रामेश्वर देवकोटाले भन्नुभयो, “आम्दानीको अन्य स्रोत नहुने किसानलाई नास्पातीको आम्दानीले धेरै राहत पुगेको छ । एकमुष्ट आम्दानी लिनपाउदा किसानको पनि सानोतिनो गर्जे टरेको छ ।”

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा अहिले नस्पाती प्रतिकेजी ७० रुपैयादेखि एक सय रुपैयासम्ममा बिक्रि भएको किसानले बताएका छन् । जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित नास्पाती तराईका जिल्लामा निर्यात हुने गरेको बताईएको छ ।
साथै काठमाडौंमा नस्पातीको खुद्रा मुल्य एक सय ४० रुपैयासम्म रहेको छ । कालिपाटि फलफुल बजारका अनुसार पहिले नस्पाती दक्षिणकालिबाट धेरै आउँथ्यो अहिले उपत्यका बाहिराका जिल्लाबाट पनि आउन थालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array