परियोजना बैंक निर्देशिका सार्वजनिक, परियोजना छनौट देखि बजारीकरण गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– लगानी बोर्ड नेपालले घरेलु तथा वाह्य निजी लगानी आकर्षण गर्न परियोजना बैंक स्थापना गर्न निर्देशिका जारी गरेको छ । लगानी बोर्डले तयार गरेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले राजधानी जारी दिगो पूर्वाधार लगानी फोरममा सार्वजनिक गरेका हुन् ।
विदेशी लगानीकर्ताले बैंक योग्य परियोजना माग गरेपनि तयारी अवस्थामा नहुँदा हचुवाको भरमा परियोजना छनोट गर्दा पुँजीगत खर्च कमजोर भइरहेको बेला निर्देशिका आएपछि सहज हुने बताइएको छ । यस नर्देशिकाले वैदेशिक लगानीकर्ता पनि आकर्षित हुने बोडको अपेक्षा रहेको छ ।
निजी लगानीकर्तातलाई विश्वसनीय, बैंक योग्य, लगानीयोग्य र दिगोपनतासहितका लागि परियोजना बैंक निर्देशिका जारी गरिएको बोडले बताएको छ ।

परियोजनाको पुर्व निर्धारित संरचना, प्रणालीगत र पारदर्शी प्रकृया अपनाएर परियोजनाको पहिचान, स्क्रीनिङ, छनोट, (याङ्किङ, मूल्यांकन तथा प्राथमिकता विकास गर्ने उद्देश्यसहित निर्देशिका आएको जानकारी दिएको छ । अब परियोजनाहरु निर्देशिकाको आधारमा तयार हुनेछन् र, यी परियोजनाको बजारीकरण गरी निजी लगानीकर्ता आकर्षण गर्नका लागि बोर्ड अघि बढ्ने जनाइएको छ ।

संघ प्रदेश र स्थानीय तहबाट छनोट तथा कार्यान्वयन हुने परियोजना मापदण्डको मस्यौदा तयार छ ।
यस्तै क्षेत्रगत परियोजनाको मूल्यांकन मार्गदर्शन पनि छ । यसमा अन्तर्गत देशको स्रोत र आयोजनााको मागबीच सन्तुलन मिलाउने, क्षेत्रगत आयोजनाको सूची क्रमबद्ध गर्ने, स्रोत पुग्ने र उपयुक्त आयोजना छनौट गर्ने जस्ता विषय निर्देशिकामा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array