तातोपानी र रसुवागढी नाका तत्काल खुल्छ: चिनियाँ नेता ली चान्सु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– लामो समयदेखि नेपालसँग बन्ध रहेको दुईबटै नाका सञ्चालन गर्न चीन तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका छन् ।
चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि नाका खुल्ने जानकारी दिएको दिउको छ ।
नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरुले समस्या भोगिरहेका छन् । उनीहरुले यी नाका सञ्चालनको पहल गर्न नेपाल सरकारलाई पटक पटक आग्रह गरे पनि खुल्न सकेको थिएन । नाका नखुल्दा व्यपारीहरुले ल्याएको स्याउ लगायतको सामानहरु कुहिएर ठूलो मात्रमा नोक्सान बेहोरेका छन् ।
भेटमा नेता लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका थिए ।
राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालको विकासमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: