लगातार दुई दिन सेयर बजार बढेपछि उकालो यात्राको आशामा लगानीकर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडा– मंगलबारे बढेको सेयर बजार बुधबार पनि ह्वात्तै बढेपछि सेयर बजारले उकालो यात्रा गर्ने आशा लगानीकर्ताहरुमा जगाएको छ । बुधबार सेयर बजार अघिल्लो दिनभन्दा तीन गुणा बढीले बढेर सेयर परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ को विन्दुमा पुगेको छ ।
बुधबार सेयर कारोबार रकम पनि बढेर एक अर्ब ४६ करोड रुपैयाँको किनबेच भएको छ। १८०० अंकसम्म तल गएर माथि उक्लिएको बजार २२ सय अंकसम्म पुगेको थियो। त्यो बिन्दुबाट बजार निरन्तर घटिरहेको थियो।
मौद्रिक नीतिमा भएको ब्यवस्थालाई देखाएर पोहोरबाट घट्न थालेको बजार यसपाली मौद्रिक नीतिका कारण बढ्ने अपेक्षा गरिए अनुसार बढ्न सकेको थिएन ।
बुधबार बजारमा कारोबारमा आएका लगाभग सबै सेयरको बढेको छ। १८५ वटा स्टकको सेयर मूल्य बढेको छ। ५ वटाको मुल्य भने घटेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विकास बैंक उपसमूह स्वयम् ४.६२ प्रतिशतले बढेको छ । तर फाइनान्स र व्यापार उपसमूह अन्तर्गतका सेयरमा लगानी कर्ता झुमिएका छन् । दुवै उपसमूह लगभग ६ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्

Array