नेपाल र भारतका परराष्ट्रसचिवहरू बीच दिल्लीमा सीमा विवादबारे छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– नेपाल र भारतका परराष्ट्रसचिवहरूबीच मंगलबार दिल्लीमा सीमा विषय छलफल भएको छ । सचिवहरूबीच सुस्ता र कालापानी–लिम्पियाधुरा सीमा विवादबारे छलफल भएको जानकारी प्राप्त भएको छ । नेपाली राजदूतावासद्वारा मंगलबार मध्यराति जारी विज्ञप्तिमा भने कालापानी–लिपुलेक र सुस्ता उल्लेख छैन ।
परराष्ट्रसचिवको यो औपचारिक भ्रमण भएकाले सम्बन्धका सबै पक्षमा छलफल भएको र सीमाका विषयले मात्रै प्राथमिकता नपाएको ती अधिकारीको भनाइ थियो ।
साथै,कनेक्टिभिटी, पूर्वाधार विकास, विद्युत् सहकार्यलगायत दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको विछि। दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमाका विषय स्थापित संयन्त्रबाट टुंग्याउने विषयमा छलफल भएको नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

मंगलबार भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्रसचिव भरतराज पौड्याललाई भारतीय समकक्षी विनयमोहन क्वात्राले हैदरावाद हाउसमा स्वागत गरेका हुन् । ‘सुस्ता र कालापानीबाहेकका बाँकी खण्डमा सीमांकनको कार्य स्थापित द्विपक्षीय संयन्त्रबाट टुंग्याउनुपर्ने विषयमा छलफल भएको छ,’ दिल्लीस्थित नेपाली राजदूतावासको विज्ञप्तिमा उल्लेख छ । परराष्ट्रसचिव पौड्यालले मल आपूर्ति हुनुपर्ने तथा चामल, धान, चिनी र गहुँ नेपाल निर्यातमा लागेको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।

औपचारिक वार्तामा दुई देशका पारवहन, जडान, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनस्तरको सम्बन्धबारे र व्यापारिक सहयोगका विविध क्षेत्रमा छलफल भएको थियो ।
दुई देशका जनताबीचको सम्बन्ध अझ सुदृढ पार्न दुवै पक्ष रामायण सर्किटको परियोजना प्रस्ताव अघि बढाउन सहमत भएका छन्। ‘

प्रतिक्रिया दिनुहोस्

Array