महाअभियोग सिफारिस समितिले पूर्व न्यायाधीशलाई बोलाउने, नेताहरुलाई नबोलाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई सोधपुछका लागि नबोलाउने तर पूर्व न्यायाधीशहरुलाई भने बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका पूर्वन्यायाधीशलाई बोलाउने निर्णय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ । आज उनीहरुलाई पत्राचार गर्ने निर्णय गरेको विष्टले जानकारी दिएका छन ।

तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए । महाअभियोग सिफारिस समितिको बैठक बिहिबार (भोलि) बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array