दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने, उपत्यका बाहिर असोज २ गतेदेखि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – दशैंकका लागि आवश्यक नयाँ नोट सर्वसाधारणले आजदेखि साट्न पाउने भएका छन् । दशैंका लागि आवश्यक नयाँ नोट बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले साट्न सक्नेछन् । आजदेखि काठमाडौं उपत्यकाभित्र र असोज २ गतेदेखि उपत्यकाबाहिर पनि नयाँ नोट साटक सकिने छ ।

नयाँ नोट एक पटकमा एक जनाले १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट साँटन पाउनेछन् । सर्वसाधारणले असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट साट्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array