जापानका लागि उडेको विमान आधा घण्टामै काठमाडौं फर्कियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान पुनः काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर उडेको विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौं फर्किएको हो ।

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको बताइएको छ । कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए । उक्त समस्या देखिँदा जहाज नेपालकै आकासभित्र रहेको बताइएको छ ।

चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: