कृषि विकास बैंकमा चार करोड घोटाला गर्ने सैनिक जर्नेललाई जेल सजाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन हुँदै जाँदा सैनिक पूर्व सैनिक जर्नेल बिष्ट र उनकी प्रेमिका कृषि विकास बैंककै कर्मचारी दीपिका रेग्मीलाई विशेष अदालतले कैद सजाय सुनाएको हो । न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ २७ गते दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ ।

कृषि विकास बैंकको घोटाला काण्डमा पूर्वसहायक रथी रमेशराज विष्टलाई चार वर्ष कैद सजाय सुनाएको र बैंककौ कर्मचारी दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार नारदप्रसाद भट्टराईले बताएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । त्यस्तै, घटनामा संलग्न भनिएका बाँकी ६ जना आरोपितले भने सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array