त्रिशूली जलविद्युतले सेयरको बाँकी रकम असोज ४ बाट उठाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
रसुवा र नुवाकोटमा अवस्थामा रहेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम ४ असोजबाट संकलन हुने भएको छ । ३७ मेगावाटको माथिल्लो त्रिशूली –३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले सेयरको बाँकी रकम उठाउने भएको हो।
रकम बुझाउने अन्तिम मिति आउदो कात्तिक १७ गतेसम्म हुने जानकारी दिएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको बताए।
कम्पनीको सेयर बाँडफाँटमा सेयर पाएर प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने बताइएको छ ।
साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array