यसवर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– यसवर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन हुने भएको छ । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन हुन थालेको छ । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जनकारी दिएको छ । नौ सय हेक्टर क्षेत्रफलमा किसानले सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन छ ।
जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुुरु भए र जिल्लाको तिलागुुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताए। “यहाँका अधिकांश किसानले स्याउको बगैँचा रहेको छ ।” उनले भने, “स्याउ सिजनमा प्रत्येक परिवारको रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी लिनुहुन्छ ।”

किसानलाई स्याउका बिरुवामा ७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताए ।
स्याउ किसानले अहिले बगैँचामै प्रतिकेजी रु ६० देखि रु ७० प्रतिकिलो बिक्री गर्ने गरेको तिलागुफा नगरपालिका–४ का स्याउ किसान बेगम शाहीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array