क्रिकेट प्रतियोगिता पुनः सञ्चालन गर्न खेल म्यानेजरहरूको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा वर्षा बाधक बनेकाले पुनः प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद ९राखेप०लाई खेल म्यानेजरहरुले आग्रह गरेका छन् । प्रदेश र विभागीय टोलीका खेल म्यानेजरहरुले राखेपलाई संयुक्त पत्र लेखेर पुनः प्रतियोगिता गर्न आग्रह गरेका हुन् ।

वर्षा बाधक बन्दा मुलपानीस्थित मैदानमा खेलाउने भनिएका ११ खेलमध्ये एउटा पनि खेल टस समेत हुन नपाई अंक बाँड्नु परेको र कीर्तिपुर मैदानमा हुनुपर्ने १३ खेलमध्ये ८ खेल नतिजा विहीन भएको भएका थिए ।

प्रतियोगितामा सहभागी ११ टिममध्ये बागमती, गण्डकी र सशस्त्र प्रहरी बल एक खेल पनि खेल्न नपाई बाहिरिएका थिए । अन्य प्रदेश र विभागीय टोलीलेसमेत पूरै अवधि खेल खेल्नबाट बन्चित भएका थिए ।

त्यसैले खेल म्यानजेरहरुले राखेपलाई पत्र लेख्दै पुनः तालिका निर्धारण गरी उपयुक्त समयमा प्रतियोगिता गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्