धनुषामा प्रहरी टोली र बन्दुकधारी समूहबीच दोहोरो भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

धनुषा जिल्लाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच दोहोरो भिडन्त भएको खबर छ। दोहोरो गोली हानाहान हुँदा एक जना बन्दुकधारी घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी टोली र बन्दुकधारी समूहबीच भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर बन्दुधारी समूहका धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ का स्थायी बासिन्दा ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।
उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ। बाँकी बन्दुकधारी भागेको प्रहरीले जनाएको छ।
घट्नाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array