चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न दिइने छैन: प्रम देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा गरेको भेटवार्तामा देउवाले चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिवद्धता जनाएका हुन्।
देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी समेत दिएका थिए । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत उनले बताएका थिए ।
हिजो सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको दुई देशबीचको सम्झौताप्रति चिनियाँ नेताले खुसी व्यक्ति गरेका थिए ।

भेटवार्ताका क्रममा चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array