व्यवसायीले असोज १ गतेबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

भाडा समायोजनको माग राख्दै आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले असोज १ गतेबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी दिएका छन् ।

व्यवसायीको माग पुरा नभए चाडपर्वको मौसममा पेट्रोल,डिजेल ग्यासको हाहाकार हुने सम्भावना भएको छ।

व्यवसायीका माग पुरा नभएकोले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम यथावत राखिएको नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघकाले जनाएको छ ।

महासंघको भदौ २२ गतेको निर्णय अनुसार भदौ २४ गतेदेखि सम्पूर्ण ढुवानी व्यवसायीले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ लिन छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array