बैंकहरुको फटाइ : संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताको लागि प्रकाशित ब्याजदर

बैंकहरुले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्तालाई प्रकाशित गरेको ब्याजदर दिन थालेपछि राष्ट्र बैंकले अनुसन्धान गर्ने भएको छ ।  निक्षेप तान्ने होडबाजीमा जथाभावी ब्याजदर दिन थालेपछि राष्ट्र बैंकले बैंकहरुसँग फाइल मगाएर अनुगमन सुरु गरेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं– बैंकहरुले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्तालाई प्रकाशित गरेको ब्याजदर दिन थालेपछि राष्ट्र बैंकले अनुसन्धान गर्ने भएको छ ।  निक्षेप तान्ने होडबाजीमा जथाभावी ब्याजदर दिन थालेपछि राष्ट्र बैंकले बैंकहरुसँग फाइल मगाएर अनुगमन सुरु गरेको छ ।

कानुनमा भएका तर, र, पनि, कमा, पुलिस्टम लगातयका विषयमा कानुनी छिद्रा खोजेर बैंकहरुले निक्षेप तान्न बदमासी गर्दै आएको राष्ट्र बैंक अधिकारीले बताएका छन् ।
ब्याजदरका विषयमा एउटा बैंकले अर्को बैंकमाथि उजुरी गर्ने क्रम बढेपछि छानबिन प्रक्रियालाई अघि बढाएको राष्ट्र बैंकका अधिकारीले बताए । उजुरीकै आधारमा बैंकहरुसँग विवरण माग गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपकर्तालाई स्वघोषणा गराएर बैंकहरुले रेमिट्यान्स निक्षेप भन्दै प्रकाशित ब्याजदरमा दुई प्रतिशतसम्म बढी ब्याज दिइरहेका छन् । बढी ब्याजदर दिएको निक्षेपमा राष्ट्र बैकको अध्ययनपछि घटाउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै रेमिट्यान्समा भने मुद्धती र बचतमा व्यक्तिगतको भन्दा १ प्रतिशत बढी ब्याजदर दिनुपर्ने र प्रकाशित गरेर त्यसभन्दा बढी ब्याज दिनसक्ने व्यवस्था छ ।

भदौ महिनाको लागि मुद्धती निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याजदर बैंकहरुले प्रकाशित गरेका थिए भने बचतमा न्यूनतम ६ प्रतिशत प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले भद्र सहमति गरेर सबै बैंकले एउटै ब्याजदर प्रकाशित गर्ने र त्यही प्रकाशित ब्याजदरमा लुपहोल खोज्दै ब्याजदर विभिन्न शिर्षकमा बढाइरहेका छन् । केहिले आफ्नै ग्रहकको निक्षेपलाई रेमिट्यान्समा त कहिले संस्थागत लगानीकर्तालाई व्यक्तिगतको लागि प्रकाशन गरेको ब्याजदर दिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array