महाअभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएकासँग पनि बयान लिने

चोलेन्द्रले आरोप लगाएका सवैलाई बयानमा बोलाउने हो भने यो लिस्ट धेरै लामो हुनेछ । बहालवाला न्यायाधिश, पुर्व प्रधानन्यायाधीश, न्यायाधिशहरू देखि बार एसोसिएसनका पुर्व र वर्तमान पदाधिकारी, बरिष्ठ अधिवक्ताहरू, सांसदहरू लगायतको बयान लिनु पर्नेछ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानले नयाँ मोड लिएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरु लागयात सँगपनि बयान लिने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा बिभिन्न व्यक्तिहरूको नाम लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

समितिको मंगलबार बसेको बैठकले चोलेन्द्रले आरोपित गरेकालाई बोलाउने निर्णय गरेको हो । समितिले कसकसलाई बोलाउनेछ भन्ने खुलिसकेको छैन ।

चोलेन्द्रले आरोप लगाएका सवैलाई बयानमा बोलाउने हो भने यो लिस्ट धेरै लामो हुनेछ । बहालवाला न्यायाधिश, पुर्व प्रधानन्यायाधीश, न्यायाधिशहरू देखि बार एसोसिएसनका पुर्व र वर्तमान पदाधिकारी, बरिष्ठ अधिवक्ताहरू, सांसदहरू लगायतको बयान लिनु पर्नेछ ।

चोलेंद्रले लाएका आरोपहरू गम्भीर फौजदारी किसिमका समेत रहेका छन् । साथै चोलेन्द्रले बयानका क्रममा दिएका अभिव्यक्ति गालीगलौज र मानहानिको मुद्दा लाग्ने तहका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array