महाअभियोग सिफारिस समितिद्वारा निलम्बित चोलेन्द्र शमशेर जबराले नाम लिएकाहरुलाई बोलाउने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्