रसुवागढी र तातोपानी नाका दसैंअघि खोलिदिन अध्यक्ष ली चान्सुलाई आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबीचको रसुवागढी र तातोपानी नाका दसैं अघि नै खुलाउन आग्रह गरेका छन् । कोभिड–१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेपछि नेपाली व्यापारीहरुको करोडौं रकमका सामग्रीहरु बाटोमै अलपत्र परेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सोमबार बानेश्वरस्थित संसद् भवनमा भएको द्विपक्षीय प्रतिनिधिमण्डलबीच भेटवार्ताका दौरानमा नाकाहरु छिटो खुलाउनको लागि चिनियाँ पक्षलाई आग्रह गरेको अध्यक्ष तिमिल्सिनाका प्रेसविज्ञ अशोक पौडेलले जानकारी दिए । जवाफमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आफूले नाकाहरु छिटै खुलाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष तिमिल्सिनाले वेल्ट एन्ड रोड इनिसियभिटसँगै बहुपक्षीय सोझदारी र संसदीय साझेदारीमा जोड दिनुपर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए । उनले कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरेका थिए । जसको जवाफमा अध्यक्ष लीले आफू चीन फर्केपछि यस विषयमा पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array