ट्युनिशियाको तटपारी आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारी भूमध्यसागरमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।
३७ आप्रवासी बोकेर इटालीतर्फ जाँदै गरेको डुंगा डुबेपछि ट्युनिसियाको तटरक्षक बलले १४ जनाको उद्धार गरेको जनाइउको छ । पछिल्लो पटक थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चारमाध्यम ट्युनिश अफ्रिक प्रेस टीएपीले जनाएको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ । ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array