आर्थिक वर्ष २०२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने अनुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
भारतको वित्त मन्त्रालयले मुलुकको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष सन् २०२२–२३ मा ७ देखि ७.४ प्रतिशतसम्मले बढ्ने पूर्वानुमान लगाएको छ ।
भारतीय वित्तसचिव टीभी सोमनाथनले यसअघि भारतको अर्थतन्त्र ७ देखि ७.५ प्रतिशतले बढ्ने अनुमान गरेका थिए । यसबाहेक उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले भने भारतको आर्थिक वृद्धिदर ७ दशमलब ४ को हाराहारीमा रहने जनाएको छ ।
हामी ७ दशमलब ४ प्रतिशतको वृद्धि हासिल गर्ने दिशातर्फ उन्मुख छौँ । यस आर्थिक वृद्धि हासिल गर्ने हाम्रो अपेक्षा छ ।’ वित्तसचिव सोमनाथनलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने बिजनेश स्ट्यान्डर्डले जनाएको छ । यसअघि आर्थिक वर्ष सन् २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर ८ दशमलब ७ प्रतिशत थियो ।
यसबाहेक चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको कूल ग्राहस्थ उत्पादन बढेर ३६ लाख ८५ हजार करोड भारतीय रुपैयाँ पुगेको समेत वित्तमन्त्री सोमनाथनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: