एक महिनामा २ हजार २ सय ८९ मिटरब्याज पीडितको उजुरी, गम्भीर विषयमा मुद्दा चलाउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa
मिटरब्याज

काठमाडौं–
मिटरब्याजीहरुलाई नियन्त्रण गर्न सरकारले बनाएको कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले मिटरब्याजी–पीडितको अवस्थाका साथै विभिन्न ३२ वटा सुझाव समेटिएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणँलाई बुझाएको छ ।
कार्यदलले काम थालेको १ महिना अवधिमा ५९ जना मिटरब्याज पीडितलाई मुक्त गराउन सफल सोमबार जानकारी दिएको छ । गत भदौ ७ गतेदेखि २६ गतेसम्म ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भइरहेको कार्यदलले बताएको छ । यो अवधीमा २ हजार २८९ मिटरब्याज पीडितले उजुरी गरेका छन् । सरकारले दिएको समय सिमा भित्र प्रतिवेदन बुझाइएको कार्यदलले बताएको छ ।

जिल्लाहरुमा परेको उजुरीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले मिटरब्याजी र पीडितलाई संयुक्त रुपमा बोलाएर छलफल गरिरहेको बताएको छ । अलि गम्भीर खालका विषयमा मुद्दा चलाउने तयारी गरेको बताइएको छ । पिडितहरुले उजुरी दर्ता गर्ने क्रम जारी रहेको बताइएको छ ।

अहिले ती उजुरीमाथि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले संयुक्त रुपमा काम गरिरहेका छन् ।
देशभरबाट काठमाडौ आएर मिटरब्याज पीडितहरु आन्दोलन गरेपछि साउन २७ गते सरकारले गृहमन्त्रालयका सहसचिव डा.भुसालको संयोजकत्वमा मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल बनाएको थियो ।

यस अघिको समाचार

https://gorakshapost.com/2022/08/16/82307.html

मिटरब्याजीको जालोमा सामान्य किसान देखि व्यापारीसम्म, व्यापारीहरु कुरा गर्नै डराउँछन्

प्रतिक्रिया दिनुहोस्

Array