मिटरब्याजीको जालोमा सामान्य किसान देखि व्यापारीसम्म, व्यापारीहरु कुरा गर्नै डराउँछन्

सहकारी तथा बैंकमा चलेको ब्याज भन्दा बढि दिएर कारोबार गर्ने गरेको उनले बताए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
5 Min Read
Aa
Highlights
  • मुलुकी देवानीसंहिताको परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धि व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धि व्यवस्था छ । सो दफामा ‘लेनदेनसम्बन्धि लिखत हुँदा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउने उल्लेख छ । तर यसरी साहू–महाजनले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

राममाया बस्नेत

काठमाडौं– बैंक तथा वित्तिय संस्थाले ऋण नपत्यापछि गरिब, पूँजी विहिन तथा आर्थिक समस्यामा परेकाहरु मिटर ब्याजीको फन्दामा पर्ने गरेका छन् । पछिल्लो समय मिटर ब्याजमा ऋण चलाएर घरबार नै डुबेको धेरै समचारहरु आइरहेका छन् । गरिब तथा पूँजी विहिनहरु समस्यामा परेका समचार बाहिरा आएपनि पछिल्लो समय मिटर ब्याजको फन्दामा आर्थिक अवस्था राम्रो भएका र व्यापारीहरु समेत पर्ने गरेका छन् । उनीहरु आफ्नो समस्या विविध कारणले गर्दा बाहिर ल्याउन नसक्ने बताउँछन् । न्यूरोडमा चाइनाबाट सामान आयत गर्न सहकारीका सञ्चालकसँग मिटर ब्याजमा पैसा लिएको र अहिले तिर्न नसकेपछि समस्यामा परेको नाम नबताउने सर्तमा एक व्यापारीले बताए । ‘लकडाउन भन्दा पहिले देखि मिटर ब्याजमा पैसा चलाएको थिए, समयमा तिरिरहेको पनि थिए, तर लकडाउनका कारण व्यवसाय बन्ध गर्नुपरे पछि पैसा तिर्न सकेको छैन,’ उनले भने । ‘जग्गा बेचेर ऋण तिर्न खोज्दा पनि जग्गा बिकेको छैन, अहिले साहु देख्यो कि भागेर हिड्नु परेको छ, २० वर्ष देखि कारोबार गरे पनि  समस्यामा पहिलो चोटि परेको हो, ‘भोलीका दिनमा पनि सामान ल्याउने बेला  पैसा पुग्दैन फेरि उनीहरु सँगै माग्नु पर्छ उजुरी गरेर के गर्ने ? बरु केहि उपाए लगाएर समयमा तिर्न पाए सम्बन्ध फेरि पहिले कै जस्तो बन्थ्यो,’ उनले भने ।
चाइना र इन्डियाबाट सामान ल्याउने मध्यम स्तिरका धेरै व्यापारीहरुले यसरी नै पैसा चलाउने उनी बताउँछन् । व्यपारीहरुले समयमा पैसा फिर्ता गर्न नसकेका कारण सहकारीका सञ्चालक समस्यामा परेपछि सहकारीहरु समेत डुबेर भागेको उनले बताए । सहकारीको पैसा नै सञ्चालकले मिटर ब्याजमा लगाउदा संस्थामा समस्या आएको उनको तर्क छ ।
यस्तै विराटनगर बोडरमा बसेर सानो तिनो ब्यापार गरेको बताउने ध्रुव चौधरीले पनि मिटर ब्याजमा पैसा लिएर ब्यापार गरेको बताउँछन् । एलसी खोलेर व्यापार गर्न जग्गा नभएकाले केहि व्यक्तिसँग सहकारी तथा बैंकमा चलेको ब्याज भन्दा बढि दिएर कारोबार गर्ने गरेको उनले बताए ।  चिने जानेका साथीभाइले उजुरी गरेको भएपनि आफू भने उजुरी नगर्ने उनले बताए । ‘आफैले भनेको समयमा पैसा तिर्न सकेको छैन  उजुरी गरेर के गर्ने ?’ उनले भने ।

माथिका पात्रहरु प्रतिनिधिमात्र हुन् । मिटर ब्याजमा पैसा चलाएको  उजुरी गर्न त परको कुरा खुलेर कुरा समेत गर्न रुचाउदैनन । मिटर ब्याजमा पैसा लगाउने गिरोह खुलामखुला आफ्नो प्रचार गरिरहेको छ । करिब एक दुई महिना अघि फेसबुक पेजमा जग्गा धितो राखेर कर्जा चाहिएमा सम्पर्क गर्नुहोला भनेर विज्ञापन आएको थियो । के कस्तो रहेछ भनेर बुझन खोज्दा ३० प्रतिशत ब्याज र जग्गा उनीहरुकै नाममा पास गर्नु पर्ने र जम्मा लिएको कर्जाको ५ प्रतिशत सेवाशुल्क लाग्ने बताएका थिए । यस्तो समुहसँग कारोबार गर्ने धेरै रहेको अनुमान गर्न सकिन्छ । भोली ऋणीहरुले महंगो ब्याजसहित कर्जा चुक्ता गरिसकेपछि पनि जग्गा फिर्ता गर्छन भन्ने ग्यारेन्टि हुँदैन । तत्कालको आर्थिक समस्या टार्न घर जग्गा नै जाने गरि जोखिम लिएर पनि पैसा चलाइरहेका छन् । अझ पछिल्लो समय बैंक तथा वित्तिय संस्थाबाट ऋण प्रवाह नगरेपछि  मिटरब्याजीको धन्दा  मौलाएको छ ।

मुलुकी देवानीसंहिताको परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धि व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धि व्यवस्था छ । सो दफामा ‘लेनदेनसम्बन्धि लिखत हुँदा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउने उल्लेख छ । तर यसरी साहू–महाजनले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

लिखतमा ब्याजको दर नतोकी ब्याज लिने दिने मात्र उल्लेख भएमा पनि साहुले ऋणिबाट वार्षिक १० प्रतिशतका दरले मात्र ऋण लिन पाउने संहितामा उल्लेख छ । यस व्यवस्थाले अब बैंकिङ कारोबारभन्दा बाहिर हुने अनौपचारिक लेनदेनमा यसले चर्को ब्याज असुल्ने र मिटर ब्याजको धन्दा चलाउनेलाई निरूत्साहन गर्नेछ । तर राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा र बैंकबाट ऋण परिचालन गर्दा ऐन आकर्षित नहुने जनाएको छ ।

केहि समय अगाडि अरनिको हाई-वेका ठेकेदारले पनि मिटर ब्याजको कारण समयमा ऋण तिर्न नसकेर काम समयमा गर्न नसकेको समचार बाहिरीएको थियो । तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि मिटर ब्याजको जालो फैलिएको हुन सक्ने भन्दै सरकारले भदौ ५ गतेसम्म मिटरब्याजी विरुद्ध उजुरी गर्न आग्राह गरेको छ । मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गृहमन्त्रालयले गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा सोधपुछ पनि गरिरहेको छ । मिटर ब्याजी पिडितले आन्दोलन चर्काएपछि सरकारले पहलकदामी अघि  बढाएको हो । गाउँघरका साना मिटर ब्याजी सरकारको नियन्त्रणमा आए पनि आएपनि सहरमा बसेर कारोबार गर्ने ठूला मिटर ब्याजी नियन्त्रणमा आउने सम्भावना कम छ ।

सरकारले उजुरी दिन  मिटरब्याजी पिडितहरुमा जारी गरेको सुचना

प्रतिक्रिया दिनुहोस्

Array