पाकिस्तानका बाढी प्रभावितहरुको लागि २ करोडको राहत सामाग्री दिने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपालले पाकिस्तानका बाढीबाट प्रभावितहरुको लागि दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने निणर्य गरेको छ । गृह मन्त्रालयले विज्ञप्तिमार्फत घटानप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको गृह मन्त्रालयले जनाएको छ। गृहले भनेको छ, ‘बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई नेरु २ करोड बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भदै २१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

पाकिस्तानमा पछिल्लो समय आएको बाढीबाट झण्डै १४ सय जनाको मृत्य भएको थियो भने दश लाखभन्दा बढी व्यक्तिहरु घरबारविहीन भएका छन्। बाढीका कारण ३ करोड ३० लाख जनता प्रत्यक्ष प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array