नयाँ स्थापना हुने एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नयाँ स्थापना हुने एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ राख्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सञ्चालन नियमावली २०७९ सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो। बोर्डले चुक्ता पुँजी अहिले भैरहेको नेपाल स्टक एक्सचेन्जलाई भने यो नियम लागू हुने छैन । यसअघि स्टक एक्सचेन्जको चुक्ता पुँजी ५ करोड रुपैयाँ भए पुग्ने व्यवस्था रहेको थियो ।
स्थापना भएका स्टक एक्सचेन्जहरुले सञ्चालनमा आएको दुई वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गनुपर्ने हुन्छ । ।
नेपालको कानुन बमोजिम स्थापना भएका प्राइभेट तथा संगठित संस्थाले मात्र एक्सचेन्जको संस्थापक लगानीकर्ता बनेर लगानी गर्न पाउने व्यवस्था रहेको छ । तर एक्सचेन्जमा कुनै एक कम्पनी वा सम्बन्धित कम्पनीका सञ्चालकको १५ प्रतिशतभन्दा बढी स्वामित्व रहन भने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: