अध्यक्ष लि चान्सु काठमाडौँमा

तीनदिने भ्रमणका लागि अध्यक्ष लि केहीबेर पहिले बोइङ्ग B2472 बाट त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन्  ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सु नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । तीनदिने भ्रमणका लागि अध्यक्ष लि केहीबेर पहिले बोइङ्ग B2472 बाट त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन्  ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पाहुना टोली विमानस्थलबाट सोझै होटल सोल्टीतर्फ गएको छ । सवा घण्टा होटलमा आराम गरेपछि नेपाली समकक्षीसँग भेटवार्ताका लागि लि संसद भवन नयाँ बानेश्वर जानेछन्  । लिको सम्मानमा सभामुख सापकोटाद्वारा आजै रात्रिभोजको आयोजना गरिएको छ ।

अध्यक्ष लिको नेपाल आएको टोलीका १ सय जना सोल्टी,११ जना ह्यात र १४ जना द्वारिकाजमा छरिएर बस्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array