बेलायती महारानीको शोकमा रहेकोले “ली चान्सु”को सम्मानमा दिने भोजमा जान्न: राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना 

छिमेकी देशको संसदको प्रमुख आउदा र उनको सम्मानमा दिइने भोजमा राष्ट्रिय सभाका अध्यक्ष नजानुले तिमल्सिनाको कुण्ठालाई मात्र दर्शाउदैन कुटनीतिक रूपमा समेत राम्रो मानिदैन ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सम्मानमा दिने रात्री भोजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी नहुने तिमिल्सिनाको सचिवालयले जानकारी गराएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासँग ३६ को आकडा रहेका तिमल्सिनाले बेलायती महारानीको शोकमा देश रहेकोले रात्रीभोजमा नजाने निर्णय गरेको सचिवालयले बताएको छ ।

तिमल्सिनाले शोकको बेला भोज राखेको भन्दै सरकार र सभामुखको आलोचना गरेका छन् ।

कतिपय विश्लेषकले अध्यक्ष तिमल्सिनाको यो कदमलाई छुद्र राजनीति पनि भनेका छन् । त्यसै पनि आज शोकनै मान्दा पनि शोक सकिसकेको हुन्छ । राजनीतिक शोक तिथिघडा पला हेरेर मनाइदैन। त्यसमा पनि शोक मनाउने नपर्ने बेलायतकी महारानीको शोकमा ३ दिन शोक मनाउनु आफैमा आलोचनाको बिषय बनेको छ ।

छिमेकी देशको संसदको प्रमुख आउदा र उनको सम्मानमा दिइने भोजमा राष्ट्रिय सभाका अध्यक्ष नजानुले तिमल्सिनाको कुण्ठालाई मात्र दर्शाउदैन कुटनीतिक रूपमा समेत राम्रो मानिदैन ।

 

प्रतिक्रिया दिनुहोस्

Array