राजनीतिक दलमा विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आयोः ईश्वर पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए। सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन्।

उनले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन्। मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे।

त्यस्तै, बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एकजना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

Array