मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२३ सिंगापुरमा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बीमा अभिकर्ताहरुको प्रतिष्ठाको विषय बन्दै गएको मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) को आगामी सम्मेलन सन् २०२३ अगस्टमा सिंगापुरमा आयोजना हुने भएको छ । एमडिआरटीको लागी प्रथम् बीमाशुल्क आर्जन गर्न तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरु यो सम्मेलनमा सहभागीताको लागी योग्य हुनेछन् ।

आफूले काम गर्ने बीमा कम्पनीको लागी बीमालेख बिक्रीवापत एमडिआरटीले प्रथम बीमाशुल्कको तोकेको लक्ष्य पुरा गरेको अवस्थामा सम्बन्धित अभिकर्ताले एमडिआरटी सदस्यताको लागि आवेदन दिन सक्नेछन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट सदस्यता प्राप्त गरेको अवस्थामा बीमितको प्रतिष्ठा समेत बढ्न गएर व्यवसाय प्रवद्र्धनमा यसले थप मद्दत पुर्याउने विश्वास गरिन्छ ।

एमडिआरटी सदस्यताको लागी आवेदन दिइ सकेपछि एमडिआरटी विश्व सम्मेलनमा सहभागीताको लागी आवेदन दिनुपर्छ । आवेदन स्वीकृत भएको अवस्थामा अभिकर्ताले आफ्नै खर्चमा सिंगापुरको भ्रमण र विश्व सम्मेलनमा सहभागीता जनाउन सक्नेछन् । यसअघि सन् २०२२ को एमडिआरटी सम्मेलन अष्ट्रेलियाको सिडनीमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array