माछापोखरीको अवैध संरचनामा चल्यो महानगरको डोजर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध संरचना भत्काइएको महानगरका नगरप्रहरीले बताएको छ । नगर प्रहरीका अनुसार सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो ।

बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसापासमा बनेका अवैध संरचना भत्काउन थालिएको नगरप्रहरीले बताएको छ । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array