कारमा लिफ्ट दिएर सामूहिक बलात्कार, आठ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ ।

गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका ९ जनामध्ये ८ जना पक्राउ परिसकेका र फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्

Array