भत्काएका अनधिकृत संरचनाको फोहोर महानगर प्रहरीले आफैँ सफा गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले भत्काएका अनधिकृत संरचनाको थुप्रो सफा गर्न सुरु गरेको छ । घरधनीले सफा गर्न अटेर गरेपछि नगर प्रहरीले आफैँ सफा गर्न सुरु गरेको हो । भदौ ६ गतेपछि विभिन्न ठाउँका अवैध संरचनामा डोजर चल्दा नगर प्रहरीले भत्काएका संरचना र व्यापारीको क्षतिपूर्ति धरधनीले तिर्नुपर्ने महानगरले बताएको थियो ।

महानगर प्रहरीकाअनुसार डोजर चलाएर भत्काइएका अवैध संरचना क्षेत्रको अधिकांश साइट नगर प्रहरीले सफा गर्दै र केही ठाउँका संरचना सफा गर्न बाँकी रहेको  बताएको छ ।

सुनधारास्थित काठमाडौं मल, न्युरोडस्थित आरबी कम्प्लेक्स, सुरज आर्केड, तीनकुने, कोटेश्वर, जडिबुटी शान्तिनगर, नयाँ बसपार्क, मित्रनगर, बनस्थली, असन–इन्द्रचोक–न्युरोड, पशुपति, गौशला क्षेत्रका अवैध संरचनामा महानगरको डोजर चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: